इन्टरनेको माध्यमद्वारा निर्वाचन गराउनुपर्छः पौडेल

काठमाडाैं | असार २४, २०७९

इन्टरनेको माध्यमद्वारा निर्वाचन गराउनुपर्छः पौडेल

 

काठमाण्डौँ:  आम नेपाली पार्टीका अध्यक्ष निलकण्ठ पौडेलले  इन्टरनेटको माध्यमद्वारा निर्वाचन गर्नुपर्ने बताएका छन् । 

 

आज (शुक्रबार)काठमाण्डौँमा  डेमोक्रेटिक सोसलिस्ट एलायन्सले आयोजना गरेको “स्वच्छ निर्वाचन ” विषयक बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले इन्टरनेको माध्यमद्वारा निर्वाचन घरबाटै हुने पर्ने बताएका हुन् । 

 

‘आम जनताहरुलाई सहजता र अपाङ्ग भएका व्यक्तिहरुका लागि पनि निष्पक्षरुपमा भोटिङ गराउनको लागि इन्टरनेको माध्यमद्वारा घरैबाट भोटिङ प्रणाली लागु हुनुुपर्छ ।’ उनले भने । 

 

पौडेलले गत स्थानीय तहको निर्वाचनमा फरक क्षमता (अपाङ्ग) भएका व्यक्तिहरुलाई निर्वाचनमा सहभागिता गराउन तर्फ सरकारले चाँसो नदिएको धारणा राखे । 

 

अपाङ्गहरुको पक्षमा बोल्दै निर्वाचन प्रक्रिया कम खर्चिलो गराउने बताउदै भने  ‘निर्वाचनमा खर्च कम गराउने उत्तम उपाय ईन्टरनेटको माध्यमबाट भोट गर्नु हो । हालको निर्वाचन प्रणाली अत्याधिक खर्चिलो छ । जसको कारण जनताले एउटा सक्षम प्रतिनिधि पाउन सकेका छैनन् ।’

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्